कैलाली, गोदावारी गाउँपालिका–१ बनखेत बस्ने ३५ वर्षीय रमेश बहादुर तिरूवालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम र स्रोत नखुलेको ४ लाख ७४ हजार ५ सय भारतीय रूपैयाँसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ र नगदसहित फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका–१० टिमाई पुल नजिक गोरु हटियाबाट अवैध लागूऔषध गाँजा २ किलो, तराजु १ थान, ढक ५ थान र सानो प्लाष्टिकको जिपर ब्याग २ सय थानसहित सोही ठाउँ बस्ने ३८ वर्षीय नवि मिया चुरौटेसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले चुरौटेको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ३० मिलिग्रामसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आइरहेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ, सुन्दरहरैचा नगरपालिका–१० स्थित आर्जु होटेल एण्ड सेकुवा कर्नरबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय तक्सन राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले होटलमा बसिरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका–६ खयरघारीबाट अवैध लागूऔषध गाँजा २ किलो र नगद ५९ हजार रूपैयाँसहित सोही गाउँपालिका–६ नयाँबस्ती बस्ने २९ वर्षीय सन्तलाल लामालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले ना.३२ प २९५५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक लामालाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, राक्सिराङ गाउँपालिका–३ दमारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित सोही गाउँपालिका–९ ज्यामिरे बस्ने ३८ वर्षीय टेक बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।