बहराइनविरुद्ध नेपालको १० विकेटको रबाफिलो जित,२ ओभरमै भेट्टायो लक्ष्य

काठमाडौं – आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराउँदै रबाफिलो जित दर्ता गराएको छ ।

मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले खराब सुरुआत गर्दै १५ दशमलव ३ ओभरमा ३१ रनमा अलआउट भएपछि नेपालले ३२ रनको सामान्य लक्ष्य पाएको थियो । ३२ रनको सामान्य लक्ष्य नेपालले २.५ ओभरमा लक्ष्य पुरा गर्यो ।

महिला क्रिकेटको इतिहासमा नेपालले पाएको यो दोस्रो सानो लक्ष्य हो । यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट पारेको थियो । उक्त खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्