गौरा पर्व : सांस्कृतिक र राजनीतिक एकताको बेजोड सन्देश

काठमाडौं – गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीर्ष नेता सहभागी भएका छन् । कार्यक्रममा प्रधानमन्त्रीसहित नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री एनपी साउद लगायतका नेताहरु सहभागी भएका थिए ।

कार्यक्रममा नेकपा (एमाले) नेता भीम रावलले देउडा गीत गाउँदा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति देउवा, परराष्ट्रमन्त्री साउदलगायत शीर्ष नेताहरुले डेउडा खेल खेलेका थिए । सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्व टुँडिखेलमा मनाइएको हो।

गौरापर्वको मुख्य दिन आज गौरा मनाउन शीर्ष नेता टुडिँखेल भेला भएका थिए । फरक दल र विचार भएका नेताहरुको संयुक्त उपस्थित त्यो पनि अनौपचारिकता धेरै भएपछि सहभागीहरुले खुशी व्यक्त गरेका थिए । राजनीतिक संस्कार पनि यसरी नै देखाउनुपर्ने कतिपयको भनाइ थियो । कतिपयले त यसलाई सांस्कृतिक र राजनीतिक एकताको वेजोड सन्देशको रुपमा हेरेका थिए ।।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्