उहाँले भन्नुभयो, ‘हामीलाई दुई बजे आज राष्ट्रिय दलहरुको बैठक सम्माननीय प्रधानमन्त्रीजीले बोलाउनुभएको छ । त्यो बोलाउने बैठकमा हामीलाई त्यसको ड्राफ्ट कसरी बनाउने भनेर चाहीँ कुरा भएको थियो । हामीले त्यसलाई तयार गरेका छौं । हामी त्यो बैठकमा प्रश्तुत गर्छौं । हामी तीन जना बसेर छलफल गरेर हामीलाई दिएको जिम्मेवारी अनुसार हामीले आफ्नो काम फत्ते ग¥यौं । हामीलाई त्यो बैठकमा प्रश्तुत गर्ने विषयबस्तुबारे ड्राफ्ट गर्न भनिएको थियो । त्यो हामीले पूरा ग¥यौं ।’
प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै गत साउन १० गतेदेखि संसद बैठक अवरुद्ध हुँदै आएको थियो । हिजो सोमवार बसेको बैठकमा भने सत्तापक्ष सो समिति बनाउन सहमत भएपछि दलहरुले त्यसको मस्यौदा तयार पार्न कार्यदलनै गठन गरेका थिए । अब बस्ने सर्वदलीय बैठकले सो मस्यौदामाथि छलफल गरी सो समितिको कार्यादेश र संरचना टुंगो लगाएपछि संसद बैठक सुचारु हुने नेताहरुले बताएका छन् ।