बझाङ – बझाङकाे सदुरमुकाम चैनपुर बजारमा अज्ञात समुहले आमा छोरालाइ चक्कुप्रहार गरेकाे छ । सुर्मा गाउपालिका – ३ घर भई सदरमुकाम चैनपुरको सुर्माटोलमा कोठामा बस्दै आएका आमा छोरालाइ हिजो राती १२ बजे अज्ञात समुहले चक्कु प्रहार गर्दा घाइते भएका छन् । घाइते हुनेमा २७ बर्षिया सुनिता बिक, जेठो छोरा ७ बर्षिया आदित्य बिक र ४ बर्षिया छोरा एबल रहेका छन् । उनीहरुलाइ राती १२ बजे सुतिरहेको अबस्थामा कोठामा नै गएर चक्कु प्रहार गरीएको घाइतेका श्रिमान कलक बिकले बताए । भेन्टिलेटरको तारको जालि काटेर मुल ढोकाको चुक्कुल खोलेर भित्र पसेको र एन्ड्रोइड मोबाइसमेत लिएर गएको त्यसपछि अगाडी २ छोरालाइ चक्कुप्रहार गरेको र पछि श्रिमतीलाइ चक्कुप्रहार गरेको उनले बताए। अज्ञात समुहहरुले मुखमा मास्क लगाएको सुनिता बिकले बताइन् । जेठो छोरोलाइ बढि चोट लागेको र घाइते तीनै जनाकोे जिल्ला अस्पतालमा उपचार भैरहेको छ । प्रहरी अनुसन्धानकाे क्रममा रहेकाे छ ।अहिले सम्म भने केहि पत्ता लगाउन सकेकाे छैन् ।