सर्वदलिय बैठकमा सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनुभएको दोस्रो दिनको सर्वदलिय बैठकमा सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ ।

सोमवार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनेमा सहमति जुटेको प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक पदम गिरीले बताउनु भयो । उहाँले सुन तस्करीको विषयलाई लिएर उच्चस्तरीय छानबिन समिति बनउने कुरामा सत्ता पक्षले सहमति जनाएको र भोलिसम्म आफ्नो आजकै प्रतिवद्धता अडिए संसद सुचारु हुने बताउनु भयो । उहाँले उच्चस्तरीय समिति कस्तो बनाउने भन्नेमा सुवास नेम्वाङ, हीतराज पाण्डे र रमेश लेखकको तीन सदस्यीय समिति बनाइएको बताउनु भयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्त पार्टीका सभापति रवि लामिछानेले उच्चस्तरीय समिति बनाउने सहमति जुटेको र सहमति ड्राफ्ट गर्ने चरणमा पुगेको बताउनु भयो ।

सत्तारुढ दल नेपाली काँग्रेसमा प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको र सबै विकल्पका बारेमा छलफल भएको बताउनु भयो । बैठक भोलि पुनः सर्वदलीय बैठक ११ बजे बस्ने र शिर्ष नेताहरुको बैठक २ बजे बस्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्