काठमाडाैं – बर्षैपिच्छे गाइजात्रे प्रस्तुती राख्दै आएका हास्य कलाकार कमल गाउँलेले २३ औं गाइजात्रे प्रस्तुति समेत सार्वजनिक गरेका छन् । ‘काण्डै काण्डको देश’ शीर्षकको गाइजात्रे प्रस्तुती लिएका छन् । उनले शुुक्रबार कमल गाउँले युट्यु च्यानलबाट उक्त भिडियो सार्वजनिक गरेका हुन् ।
सुनकाण्ड, नक्कली भुटानी शरणार्थी, वाइडवडी, पशुपति जलहरी तथा सांसद मन्त्रीलाइ लक्षित गर्दै गाइजात्रे प्रस्तुतिको विषय बनाएका छन् । उनको गाईजात्रे प्रस्तुतिभित्र ‘गाइ जात्रा भो देशमा’ र ‘ठोक्ने हो लौरोले ठ्वागं ठ्वागं’ भन्ने प्यारोडी गीत समावेश गरेका छन् ।