काठमाडाैं- पूर्वी क्षेत्रको यातायात व्यवस्थापनका लागि पूर्व यातायात व्यवस्थापन प्रा.लि. शुरु भएको छ । नारायणी नदी पूर्वका क्षेत्रका यातायातहरुको व्यवस्थापन कमजोर भएको भन्दै आजबाट पूर्व यातायात व्यवस्थापन प्रा.लि. काठमाडौंको नयाँ बसपार्कमा कार्यलय स्थाना गरी शुरु गरिएको हो ।

नारायणी पूर्वको बसको व्यवस्थापनको लागि भन्दै पूर्व यातायात व्यवस्थापन प्रा.लि.आजबाट दर्ता गरेको प्रा.लि.का अध्यक्ष रजन रोक्काले बताउनु भयो । उहाँले अब छरिएर रहेका पूर्वका यातायातको व्यवस्थापनमा विशेष जोड दिने बताउनु भयो । उहाँले काठमाडौं महानगरको योजना र सरकारको नियमको पालना गर्न पनि प्रा.लि. आधिकारि रुपमा दर्ता गराइ यातायात व्यवस्थापन गर्न लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नारायणी पूर्वको बसको व्यवस्थापनको लागि हामीले पूर्व यातायात व्यवस्थापन प्रा.लि.आजबाट दर्ता गरेका हौँ । अब छरिएर रहेका र महानगर, नेपाल सरकारले तय गरेका कार्यक्रमलाई क्रमिक रुपमा क्रमिक रुपमा अघि बढाएर कार्यक्रम सम्पन्न गर्ने यसको मुख्य उद्देश्य हो । नारायणी पूर्वका व्यवसायीहरुलाई एक बनाएर सबै बाँच्ने किसिमको नीति अवलम्वन गरेका छौँ । पहिलो चरणमा काँकडभित्ता, धरान लगायतको रुट मिलाएर अघि बढेका छौँ र दोस्रो चरणमा कोशी वारीका मधेस प्रदेशका यातायातलाई व्यवस्थापन गरेर अघि बढ्नेछौँ ।’

त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले प्रा.लि.ले पूर्वाञ्चल क्षेत्रमा अव्यवस्थित यातायातलाई व्यवस्थित बनाउने बताउनु भयो । उहाँले पूर्वाञ्चल क्षेत्रमा रहेका छरिएरका यातायातलाई व्यवस्थापन गर्न नारायणी पूर्व र नारायणी पश्चिमलाई छुट्याएर यातायात व्यवस्थापन गर्ने नीति लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यसले पूर्वाञ्चल क्षेत्रमा रहेका छरिएरका यातायातलाई व्यवस्थापन गर्न नारायणी पूर्व र नारायणी पश्चिमलाई छुट्याएर हामीले दुई क्षेत्रमा विभाजन गरी यातायात व्यवस्थापन गर्ने नीति लिएका हौँ । पूर्वाञ्चलमा अव्यवस्थित थियो यातायातहरु त्यसलाई व्यवस्थित बनाउन हामीले यो प्रा.लि गठन गरेका हौँ । चाडवाडलाई लक्षित गरेर पनि यातायात व्यवस्थित बनाउने प्रयास हो ।’ 

उहाँले पूर्व यातायात व्यवस्थापन प्रा.लि.ले अब चाडवाडलाई लक्षित राखेर पनि यातायात व्यवस्थापन गर्ने काममा लाग्ने बताउनु भयो ।