मिटर ब्याज बिरुद्धको सुनुवाईमा सुनसरी जिल्ला प्रशासनको ठूलो सफलता

सुनसरी – मिटर ब्याज बिरुद्धको सुनुवाईमा सुनसरी जिल्ला प्रशासनले ठूलो सफलता हात पारेको छ । जिल्ला प्रशासन कार्यालयमा परेको ४ करोड ६० लाख दाबी सहितको मिटरब्याजी बिरुद्धको उजुरी सुनसरी प्रशासनले १ करोड १० लाखमा टुङ्ग्याएको हो । आफू पीडित भएको भन्दै प्रशासन पुगेका धरानका इन्द्र मोक्तानको उजुरी उपरको अनुसन्धान र छानबिनलाई टुङ्ग्याउँदै प्रशासनले पीडित पक्षलाई न्याय दिलाएको हो । पीडित मोक्तानका अनुसार उनले ४ वर्ष अघि धरानकै मणिराज राईबाट ५४ लाख ब्याजमा लिएका थिए ।

आफूसँग दोहोरो कागज गराइएको बताउने मोक्तानले चेक बाउन्स समेत गराई ४ करोड ६० लाख दाबी गरिएपछि मिटर ब्याजमा उजुरी हालेको बताउनु भयो । मोक्तानले मिटर ब्याजका कारण तनावपूर्ण अवस्था निम्तेपछि सरकारले ल्याएको अध्यादेश बमोजिम न्यायको माग सहित सुनसरी प्रशासनमा उजुरी हालेको बताउनु भयो । उजुरी उपर छानबिन पश्चात प्रशासनबाट आफूले न्याय पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

यता सुनसरी प्रशासनले उक्त उजुरी छानबिन गरी टुङ्ग्याएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्राप्त कागजात र यथेष्ट प्रमाणका आधारमा मिटरब्याजी बिरुद्धको उजुरी उपर छिनोफानो गरी टुङ्ग्याइएको बताउनु भयो । प्रजिअ पाण्डेले उजुरीसँग सम्बन्धित यथेष्ट प्रमाण जुटाउनसके पीडितले सहजै न्याय पाउने बताउनु भयो । प्रजिअ पाण्डेले जिल्लामा ५ सय बढी मिटरब्याजका उजुरी परेको र छानबिनको क्रममा रहेको समेत जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट अहिले २ सय भन्दा बढी उजुरीहरुको छानबिन गरिरहेको बताउनु भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्