काठमाडाैं – कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि नीति बन्न नसक्दा कृषि क्षेत्रमा समस्या देखिएको बताउनुभएको छ ।
शुक्रवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कृषिमन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म कृषि नीति नभएकाले सरकारले कृषि क्षेत्रका नीतिगत रुपमा देखिएको समस्याहरुलाई समाधान गर्न कृषि नीति बनाउने तयारी गरेको बताउनु भयो । मन्त्री भुसालले तराई मधेसमा केही समय यता देखिएको सुख्खाको कारणले मारमा परेका किसानहरुलाई बाढीले पु¥याएको क्षतीले थप समस्या बनाएको बताउनु भयो। उहाँले बाढीले किसानहरुलाई पु¥याएको क्षतीको लागि सरकारले सहयोग गर्ने विषयमा नीतिगत रूपमा छलफल गरिरहेको पनि बताउनु भयो । मन्त्री भुसालले कृषि क्षेत्रको विकासमा सिंचाईको समस्या देखिएको बताउँदै यसमा सुधारको लागि सिंचाई मन्त्रालयसँग समन्वय गरी सिंचाईको समस्या समाधान गर्ने बताउनु भयो । मन्त्री भुसालले अहिले विश्वव्यापी रूपमा आएको समस्याको कारणले खाद्य संकट आउन सक्ने अवस्था रहेको बताउनु भयो । उहाँले नेपाल सरकारले खाद्यसंकट आउन दिनको लागि सरकार सचेत रहेको बताउनु भयो ।
मन्त्री भुसालले ललिता निवास जग्गा प्रकरणमा पाटीका अध्यक्ष र गौर हत्या काण्डमा पीडितहरुसँग प्रधानमन्त्रीले गरेको सहमतिले गठबन्धनमा समस्या नआउने बताउनु भयो । उहाँले पार्टी अध्यक्षको ललिता निवास जग्गा प्रकरणमा संलग्नताका विषयमा सत्यता नरहेको बताउनु भयो । उहाँले यस विषयमा गठबन्धनले छलफल गरेर निकास निकाल्ने बताउनु भयो ।
मन्त्री भुसालले पार्टीमा जीवन्त रूपमा छलफल हुने गरेको कारणले यसलाई लिएर पार्टीमा कुनैपनि प्रकारले समस्या नआएको बताउनु भयो । उहाँले पाटीमा आउने जाने हुने गरेको कारणले केही व्यक्ति जाँदैमा पाटीको गतिशिलतामा कमी नआउने बताउनु भयो । उहाँले एमालेबाट समेत आफ्नो पार्टीमा आउनेहरु बढेको जिकिर गर्नुभयो ।