दक्षिण एशियामा कोरोनाबाट १ सय ९३ मानिसको ज्यान गयो, ८ हजार भन्दा बढी संक्रमित

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट दक्षिण एसियामा एक सय ९३ मानिसको ज्यान गएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले तयार पारेको तथ्यांक अनुसार यो क्षेत्रमा संक्रमितको संख्या पनि आठ हजार तीन सय ४४ पुगेको छ ।

दक्षिण एसियाकै सबैभन्दा ठूलो मुलुक भारत कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक बनेको छ । अहिलेसम्म भारतमा यसबाट एक सय १८ जनाको मृत्यु भइसकेको छ । यहाँका चार हजार तीन सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दक्षिण एसियाको दोस्रो प्रभावित पाकिस्तान हो । यहाँका तीन हजार दुई सय ७७ मानिसको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आउँदा यसबाट ५० जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट बंगलादेशमा १३, अफगानिस्तानमा ७ र श्रीलंकामा ५ जनाको मृत्यु भइसकेको छ । दक्षिण एसियाका ८ वटै देशमा कोरोनाको संक्रमण देखिए पनि मृत्य भने ५ देशमा मात्रै भएको छ । ३ देश माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

 

अनलाइनखबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्