काठमाडाैं – एशियन लाईफ इन्स्योरेन्स कर्णाली प्रदेश रिजनल हेडमा जयानन्द भट्ट नियुक्त भएका छन् । बिगत दुई दशक देखि जीवन बिमा क्षेत्रमा कार्यरत रहि एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भट्ट विगतमा महेन्द्रनगर शाखा प्रमुख, सुदुरपश्चिम प्रदेशका उप क्षेत्रीय प्रमुख भएका थिए ।
भट्ट बिमा क्षेत्रमा आउनु भन्दा पहिले भट्ट ब्यवस्थापन संकाय अन्तर्गत लेखा विषय अध्यापन गराउदैँ आउनुभएको छ । सुदूरपश्चिमका नाै वटै जिल्लामा सफल एजेन्ट, बिमाकर्ता निर्माण गर्न तथा गाउँघरमा समेत बीमा बारे सचेतना फैलाउदैँ आउनुभएका भट्टले सुदूरपश्चिममा बीमा क्षेत्रमा ठुलो योगदान गर्नुभएको छ ।
बिमाले गाउँ समाजमा गरिने सेवा मात्रै नभएर देशको अर्थतन्त्र बिकासको मेरुदण्ड पनि भएको उहाँको भनाई छ ।