निर्माण व्यवसायी आन्दोलनमा मेरो पूर्ण समर्थन छः सांसद सापकोटा

File Photo

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले निर्माण व्यवसायीहरु गरेको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताउनुभएको छ ।

मंगलवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ठेक्का लागिसकेपछि रनिङ बिलमा समेत कन्ट्याक्टरहरुले पेमेण्ट नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले केही दिनपछि अरनिको राजमार्गसमेत ठप्प पार्नेगरी आन्दोलन हुन लागेको भन्दै आफू पनि सहभागी बन्नसक्ने बताउनु भयो । उहाँले आन्दोलनकारीका जायज माग भएकाले हड्तालमा गएर सडकमा बस्नुपर्ने स्थिति रहेको बताउनु भयो । सांसद सापकोटाले चालु रहेका प्रोजेक्टहरुकै पेमेण्ट गर्न नसक्ने हो भने नयाँ योजनाको कुरा गर्नु बेकार रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘निर्माण व्यवसायीहरु अहिले पनि हड्तालमा हुनुहुन्छ, प्रधानमन्त्री निवास अगाडि । म त्यो आन्दोलनप्रति समर्थन गर्न चाहन्छु । मेरै निर्वाचन क्षेत्रमा पनि ५÷६ वटा यस्ता परियोजनाहरु छन्, जो ठेक्का भएर चालु रहेका रनिङ बिलमा समेत कन्ट्याक्टरहरुले पेमेण्ट पाएका छैनन् । यो प्रधानमन्त्री, अर्थमन्त्रीको समेत ध्यानाकर्षणको विषय हो । विषयगत मन्त्रालय हुनुको नाताले यी विषय हल गर्नुपर्छ । केही दिनपछि त अरनिको राजमार्गसमेत ठप्प पार्नेगरी चुनौतिहरु आएका छन् । आन्दोलनकारीका जायज माग भएकाले हड्तालमा गएर सडकमा बस्नुपर्ने स्थिति छ । यो सामान्य प्रकारको समस्या होइन । यी समस्याको समाधान हुनुपर्छ । चालु रहेका प्रोजेक्टहरुकै पेमेण्ट गर्न सक्दैनौँ भने नयाँ प्रोजेक्टको हामी किन धेरै कुरा गर्ने ? यो थ कम्प्लिट हुनुपर्छ । अहिले ठेक्का लगाउँदा झनै जनताले बढी दुःख पाउने परिस्थिति भएको छ । नयाँ बजेट परिचालनको संघारमा छौँ । यसपालिको कसरी अर्थतन्त्र चल्छ मलाई थाहा छैन । किनभने एकै ठाउँमा अर्बौं रुपैयाँ र अर्को ठाउँमा १० लाख छ ।’

सांसद सापकोटाले चालु आर्थिक वर्षमा अर्थतन्त्र कसरी चल्छ भन्ने चित्ना रहेको बताउनु भयो । उहाँले कुनै क्षेत्रमा अर्बौंका योजना र कुनै क्षेत्रमा १० लाखका योजनाले सन्तुलित विकास हुन नसक्ने बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्