ग्लोबल टी२० क्यानडा क्रिकेट अन्तर्गतको खेलमा सन्दीपले दीपेन्द्रलाइ आउट गरे

काठमाडौं – ग्लोबल टी२० क्यानडा क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा नेपालका दुई खेलाडी सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरि एक आपसमा प्रतिस्पर्धा गरेका छन् । खेलमा सन्दीपले दीपेन्द्रलाई आउट गरे ।

उत्कृष्ट प्रदर्शन  गरेका सन्दीपले २ विकेट लिए पनि खेल भने दीपेन्द्र भएको टिमले जित्यो ।

पहिलो पटक विदेशी लिग खेलिरहेका दीपेन्द्रले मोन्ट्रियल टाइगर्सको जितमा २८ रन योगदान गरे । ब्राम्पटनस्थित सीएए सेन्टरमा भएको खेलमा मोन्ट्रिलए टाइगर्सले सन्दीप सम्मिलित सर्रे जागुएर्सलाई ५ विकेटले हराएर विजयी सुरुवात ग¥यो ।

सर्रेले दिएको १३७ रनको लक्ष्य मोन्ट्रिएलले १८.३ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा ग¥यो । जितका लागि १३ रन आवश्यक हुँदा दीपेन्द्रलाई १७औं ओभरमा सन्दीपले एलबीडब्लु धरापमा पारेका थिए ।

जसमा दीपेन्द्रले नै सर्वाधिक २८ रन बनाए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्