काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटाली जाने भएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन नेपाली प्रतिनिधीमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज साँझ इटालीको रोम जान लाग्नुभएको हो । प्रधानमन्त्री रोम जाँदा बेलुका आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अरु उडान नहुने भएको छ ।
बेलुका ५ बजेर ४० मिनेटदेखि ६ बजेर १० मिनेटसम्म अरु उडान नहुने भएको छ ।
पर्सि ८ गतेदेखि संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने युनाइटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्टमा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।