मोरक्कोमा हुने वल्ड फुटवल स्कुल च्याम्पियनसिप खेल्न नेक्सस संकटाको टीम भोलि जादैँ

काठमाडौं –  वल्ड फुटवल स्कुल च्याम्पियनसिप २०२३ खेल्नको लागि नेक्सस–संकटा एकेडेमीको टिम मोरक्को जाने भएको छ । भोलि शुक्रबार मोरक्को जान लागेको उक्त टीमलाइ नेक्सस स्कुलले एक कार्यक्रमको आयोजना गरि विदाइ गरेको छ । विदाइ कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, नेक्ससका संस्थापक आरबी कटुवाल लगायत अन्य प्रतिनिधिले विदाइ गरेको छ ।

१७ खेलाडीसहित कोच, डाइरेक्टर एक जना अन्य प्रतिनिधि गरेर जम्मा २० सदस्यीय टोली भोलि शुक्रवार बिहान मोरक्को प्रस्थान गर्नेछ ।

हाल यस टीमले एन्फा यू–१६ युथ लिग खेलिरहेको छ । सोहि टीम  नेपालको प्रतिनिधित्व गर्दै मोरक्कोमा खेल्न जान लागेको हो । इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडेरेरेसनलको आयोजनामा हुने आईएसएस डब्लुएससी पुटबल प्रतियोगितामा नेपालसँगै विधिन्न देशका युवा टोली सहभागी हुनेछन् । उक्त प्रतियोगिता यही जुलाई २२ देखि ३१ सम्म हुनेछ । कूल ३२ टिमलाई ८ समूहमा विभाजन गरेर खेलाइनेछ । जसमा नेपाल ए समुहमा रहेको छ । यसैगरी ए समुहमा फ्रान्स, चिली र युगान्डाको टिम रहेको छ ।

 

हाल यू–१६ लिगमा दुई खेल खेल्दा संकटा एक जित र एक हारको नतिजा निकालेको छ । पहिलो खेलमा एपीएफसँग २–१ ले पराजित भएको संकटाले दोस्रो खेलमा बिहीबार चर्च ब्वाइज युनाइटेडलाई ४–१ ले पराजित गरेको थियो ।

खेलाडी सहित अन्य २० जनाको मोरक्कोमा हुने खर्च उतैको सरकारले व्यहोर्ने छ भने खेलाडी बाहेकको आवतजावत खर्चको ५० प्रतिशत कागेश्वरी मनोहरा नगरपालिकाले व्यहोर्ने छ भने ५० प्रतिशत खर्च संकटाले व्यहोर्ने छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्