कांग्रेस सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौं – नेपाली कांग्रेसका सांसद सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन् । सुन तस्करी बारेको छानबिनमा सहयोग गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनुपर्ने उनको माग छ ।

अर्थ मन्त्रालय मातहत रहेको राजस्व विभाग र गृह मन्त्रालय मातहतको सुरक्षा निकायले एक क्विन्टल सुन अवैध रुपमा भित्रिएको थाहा नपाउने भन्ने कुरै नहुने उनले बताए । उनले प्रधानमन्त्री मातहतको राष्ट्रिय अनुसन्धान विभागले सुन पक्रेकाे दाबी पनि गरे ।

दुई मन्त्रीले बाटो खुला गरेर प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सारबाट पास भएर निकालिएको सुन त्रिभुवन विमानस्थल कार्गो भवन अघिबाट बरामद भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्