उपत्यकाको फोहर बोकेका गाडीहरु सडकमै अलपत्र, सडक दुर्गन्धित बन्दै, सहमतिको प्रयास

काठमाडाैं –  काठमाडाैं उपत्यकाको फोहर बोकेका गाडीहरु आज पनि सहज रुपमा जान पाएका छैनन् । नियमित रुपमा बञ्चरेडाँडामा फोहर विसर्जन हुदैँ आइरहको गाडी आज पनि अवरुद्ध भएका छन् । जसका कारण सडक दुर्गन्धित बन्दै गएको छ । फोहरका गाडीलाई अवरोध नगर्ने मौखिक सहमति भए पनि कार्यान्वयनमा आएको छैन ।

काठमाण्डौ उपत्यकाबाट पाँच दिनदेखि फोहर बोकेका गाडी रोकिएका छन् । यसले गर्दा उपत्यकाका ठाउँठाउँमा फोहरको सङ्कलन पनि रोकिएको छ । समस्या समाधानका लागि आज सम्बन्धित पक्षसँग छलफलको तयारी भएको छ ।

महानगरपालिकाले बञ्चरेडाँडा र सिसडोलका स्थानीयबासिन्दासँग फोहर लैजाने सहमति नहुञ्जेलसम्म फोहर उठाउन नसक्ने जनाएको छ ।  फोहरको विषयलाई लिएर गएको १ गतेदेखि नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दा आन्दोलनमा छन् । यस्तै ककनी गाउँपालिकाले प्रति गाडी एक हजार पाँच सय लिने समेत निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्