काठमाडौँ – निर्धारित समयभन्दा एक घण्टा ढिला गरी प्रतिनिधिसभा बैठक सुरु भएको छ। दिउँसो ३ बजेका लागि तय भएको बैठक १ घण्टा ढिला गरी सवा ४ बजे सुरु भएको हो ।
तीन दलबीच भएको सहमतिअनुसार एमालेले संसद अवरोध नगर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिको आत्मालोचनासहित सम्बोधन गर्ने सहमति भएको छ ।