काठमाडाैं – जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर (प्रहरी निरीक्षक) सुवास तिमिल्सिनाले महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको खुलेकाे छ । ती महिला प्रहरीले नै इन्सपेक्टर तिमिल्सिनाले पठाएको म्यासेजको स्क्रिनसट ट्विटरमा पोष्ट गर्दै आफुलाई असुरक्षित बनाएको उल्लेख गरेकी थिइन्। याे बिषयमा हेडक्वाटरले छानविन अघि बढाउने भन्दै समिति गठन गरिसकेकाे छ ।
पीडित महिलाले लेखेकी छिन्– ‘नेपाल प्रहरीको शक्तिमार्फत सुरक्षा सेवकले नै महिलामा असुरक्षा सिर्जना गरिरहेका छन्।’ उनले पोष्ट गरेको स्क्रिनसटमा तिमिल्सिनाले आफु ती महिला प्रहरीको शरीरको फ्यान भएको, फोटो पठाउन अनुरोध गरेका लगायत म्यासेज छन्।
इन्स्पेक्टर तिमिल्सिनाले म्यासेज पठाएको भनिएको इन्स्टाग्राम अकाउन्ट अरूलेनै प्रयाेग गरेकाे जिकिर गरेका छन् । उनले भने याे अकाउन्ट मैले चलाउन छाेडेकाे धेरै भयाे । उनको हो कि होइन भन्ने यकिन गर्न छानबिन समितिलाई निर्देशन दिएको छ। यसका लागि प्रहरीको साइबर ब्युरोलाई अनुरोध गरिएको छ।