सामाजिक विकास कार्यालय बझाङद्वारा थलारामा रहेका निर्माणाधीन बिद्यालय भवनको अनुगमन

बझाङ – सामाजिक विकास कार्यालय अन्तर्गत थलारा गाउपालिका ८ ,५ र ४ मा निर्माणाधीन अवस्थामा रहेको र निर्माण भैसकेको विद्यालय भवनको अनुगमन गरेको छ । सामाजिक विकास कार्यालय अन्तरगत चालु आर्थीक बर्ष २०७९/८० मा सम्झौता भएर निर्माणधीन अवस्थामा रहेका भवनहरुको शुक्रबार सामाजिक विकास कार्यालयका प्रमुख बिरबहादुर धामी , जिल्ला समन्वय समितीका प्रमुख नर बहादुर बोहरा, उपप्रमुख कृष्ण बहादुर बिष्ट , सव-ईन्जिनियर केशव महता लगायतको संयुक्त टोलिले भवनहरुको अनुगमन गरेको हो ।
सामाजिक विकास कार्यालय द्वारा २३ लाख लागतमा निर्माण गरीएका थलारा गाउपालिका वडा नम्बर ४ मा रहेको भगवती बाठपाला आधारभुत बिद्यालय काप्राको २ कोठे भवन, वडा नमबर ५ मा रहेको देब दुर्गा आधारभुत बिद्यालय दुवालीको २ कोठे भवन र वडा नमबर ८ पण्डित गाउँमा रहेको रहेको डाडाबाग आधारभुत बिद्यालय भवनको सयुक्त रुपमा अनुगमन गरेको हो । अनुगमनका क्रममा भवन संरचना सन्तोषजनक देखिए पनि व्यबस्थापन र अन्य काम ढिला सुस्ति हुनुका साथै लापरबाहि गरीएको पाइएको कार्यालय प्रमुख धामीले बताए ।
गुणस्तरीय काम गर्न ताकेता गर्दापनि अटेरी गरी काम अधुरै राखेको पाएइपछि कार्यालयका प्रमुख बिरबहादुर धामी, जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहराले एक हप्ता भित्र छिटो र गुणस्तरीय काम गर्न निर्देशन दिएका छन् । काम गुणस्तरीय नभए र स्टमेट अनुसार काम नभए पैसा समेत रोक्का गरीने  बताए । विद्यालयलाई क्षणिक रुमपा मात्रै नसोचेर भावी पुस्ताका लागी समेत रहने भन्दै काममा कुनैपनी हतार नगरि, कुनैपनी कमसल सामाग्री प्रयोग नगरि स्टमेट अनुसार दिगो, बलियो, टिकाउ बनाउन समेत आग्रह गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्