काठमाडौँ – लगातार गिरावट भएको सुनचाँदीको भाउ आइतबार वृद्धि भएको छ । असार १० गते, सुन तोलामा ४०० रुपैयाँले बढेको छ । यसैगरी, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले महंगिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार २०० रुपैयाँमा र तेजाबी रुपैयाँमा एक लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने सुन तोलामा ७०० रुपैयाँले सस्तिएर प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । साताको पहिलो दिन, चाँदीको मूल्य महंगिएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ३५० रुपैयाँमा किनबेच हुँदैछ । साताभरजसाे सस्तिएकाे चाँदीकाे मूल्य आज महंगिएकाे हाे । अघिल्लो साताको अन्तिम कारोबार दिन, चाँदीको २५ रुपैयाँले घट्दा प्रतितोला एक हजार ३३५ रुपैयाँमा झरेको थियो ।