काठमाडौँ – नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको निधन भएको छ।
लामाको उपचारका क्रममा शुक्रबार राति वीर अस्पतालमा निधन भएको हो। कांग्रेस नेता डा. शेखर कोइरालाले लामाको निधनले आफूलाई दुःखी तुल्याएको उल्लेख गर्दै आज (शनिबार) बिहानै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
‘लामाले कांग्रेस पार्टीको संगठनमा पुर्याउनुभएको योगदान हाम्रासामु सधैँ ताजै रहिरहने छ। शोकाकुल यस समयमा परिवारजनमा हार्दिक समवेदना तथा स्व. लामाप्रति भावपूर्ण श्रद्धाञ्जली!’ नेता कोइरालाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।






