गोरखा – गोरखामा गएराती भएको जिप दुर्घटनामा मृत्यु भएका पाँच जनाको शोकमा लखनथापा गाउँपालिकाले आज (शुक्रबार) शोक बिदा दिएको छ । गाउँपालिकाको कार्यालय र गाउँपालिका भित्रका सबै कार्यालय एवम् शिक्षण संस्थाहरुमा शोक बिदा दिने निर्णय गरेको हो ।
शहिद लखन–३ को सिलिङकोटबाट बेहुली लिएर शहिद लखन गाउँपालिका–५ को ताक्लुङतर्फ फर्कने क्रममा प्रदेश नम्बर ३–०१–०२३ च ४४२७ नम्बरको जन्ती चढेको जिप दुर्घटना भएको थियो ।
दुर्घटनामा शहिद लखन गाउँपालिका–५ ताक्लुङ पोखरी डाडाँ बस्ने १९ वर्षीय प्रविन थापा, २८ वर्षीय बिरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकी नविना थापा र ६४ वर्षीय धनबहादुर थापाको मृत्यु भएको थियो ।