काठमाडौं – प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य हुने भएको छ । आज बसको बैठक नै हिउँदे अधिवेशनको अन्तिम बैठक हुनेछ ।
बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अयोग्य ठहर भएका लडाकूहरुलाई रकम दिने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् भने सरकारले त्यसको जवाफ दिनेछ । बैठक अहिले पनि जारी रहेको छ ।