एनपी साउद परराष्ट्र मन्त्री बन्ने, भोलि शपथ

काठमाडौँ – नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएका छन्। सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयलाई नाम बुझाइसकेका छन्। भोलि ३ बजे शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ खुवाउने छन्। साउद कांग्रेसका केन्द्रीय सदस्य हुन्।

कांग्रेसले बाँकी मन्त्रीको नाम भने पछि पछि छलफल गरेर पठाउने छ । सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो। यसअघि कांग्रेसबाट प्रकाशशरण महत अर्थमन्त्री, सीता गुरूङ सहरी विकास मन्त्री, रमेश रिजाल उद्योगमन्त्री र पूर्णबहादुर खड्का रक्षामन्त्री बनिसकेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्