नेपालगन्जमा चक्रे मिनललाई ‘एके- ४७’ को सुरक्षा

काठमाडौँ – ‘चक्रु’ भनिने चर्चित ‘डन’ मिलन गुरुङ (चक्रे मिलन) शान्ति सुरक्षालाई चुनौती दिँदै आधुनिक घातक हतियार ‘एके-४७’ को सुरक्षा घेरामा देखिएका छन् । दुई दिनअघि (आइतबार) नेपालगन्जको सिद्धार्थ होटलमा देखिएका चक्रे मिलन घातक हतियारको सुरक्षा घेरामा देखिएका हुन् ।

उनी आफ्ना सहयोगीका साथ एक होटलबाट बाहिर निस्कँदै गर्दा उनको सुरक्षाका लागि खटिएका एक युवकले उक्त आधुनिक हतियार बोकेका थिए। बेलाबखत नेपाल प्रहरीको निगरानीमा रहने गरेका चक्रे मिलनले ‘एके-४७’ को सुरक्षा घेरामा रहेर शान्तिसुरक्षालाई चुनौती दिएका हुन् ।

नेपालगन्जमा नेकपा एमालेको जनवर्गीय संगठन युवा संघको महाधिवेशनमा भाग लिन दलबलसहित पुगेको भनिएका चक्रे मिलन सोमबार महाधिवेशन स्थलमा नदेखिएको संघका एक नेताले जानकारी दिए ।

उनी युवा संघको महाधिवेशनमा प्रतिनिधि पनि नभएको जनाइएको छ । नेपाल प्रहरीको आइजिपीमा वसन्त कुँवर नियुक्त भएपछि चक्रे मिलन यसरी खुला रूपमा हतियारसहितको सुरक्षामा देखिएका हुन् । काठमाडौंको चक्रपथ र ठमेल क्षेत्रमा गुन्डागर्दी गर्ने, त्यहाँ सञ्चालनमा रहेका होटल, रेस्टुरेन्ट र म्यानपावर कम्पनीलाई आफ्नो हातमा लिएर हप्ता उठाउँदै आएका चक्रे मिलन आफ्नो सुरक्षामा खटिएका युवकसँग होटलबाट निस्कँदै गरेको भिडियो सोमबार दिउँसो बाहिरिएको थियो । यो समाचार नागरिक दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्