काठमाडौं – एकैदिन कोरोना संक्रमितको संख्या सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ५६६ नमुनामध्ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार ६६३ जनाको एन्टीजेन परीक्षण गर्दा ४७ जना गरी १२४ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमको संख्या ४४४ पुगेको छ । काठमाडौं उपत्यकामा संस्थागत आइशोलेसनमा २१ जना रहेका छन् भने आईसीयूमा १० जनालाई राखिएको छ ।
यस्तै ४ जनाको भन्टेलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सोमबार मात्रै २९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन सबैमा आग्रह गरेको छ ।