रास्वपा सभापति रवि लामिछानेविरुद्ध परेको मुद्दाको सुनुवाइ सकियो

File Photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको मुद्दाको सुनुवाइ सकिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा  आजलाइ पेसी तोकिएको थियो । उक्त मुद्दाको सुनुवाइ सकिएको तर आदेश आउन बाँकि रहेको छ । सम्भवत: आदेश आजै आउनेछ ।

राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित सोमबार युवराज पौडेल सफलले सर्वोच्चमा रिट दर्ता गरेका थिए । मुद्दा नचलाउने गरी चैत ६ गते महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी मुद्दाको निष्पक्ष अनुसन्धान गरी मुद्दा चलाउनका लागि विपक्षीका नाममा परमादेश जारी गरी पाउँ’ भनि अधिवक्ता सफलले रिट दायर गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्