इन्द्रेणी कृषि सहकारीले मनायो ६६ औं राष्ट्रिय सहकारी दिवस

भोजराज पन्त, सुन्दरपुर, कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर ९मा रहेको इन्द्रेणी कृषि सहकारी संस्था लि. को आयोजनामा सुन्दरपुरमा ‘सहकारीको दिगोपन : स्वनियम र सुशासन’ मुल नाराका साथ ६६ औँ राष्ट्रिय सहकारी दिवस सोमवार मनाइएको छ ।
इन्द्रेणी कृषि सहकारी संस्थाको कार्यालय वाट प्रभात फेरी सुरु गरी फेरी कार्यलयमानै पर्कीएर कोण सभामा परिणत भएको कार्यक्रममा सभापति इन्दे्रणी कृषि सहकारी संस्थाका अध्यक्ष शिवराज भट्ट रहनु भएको थिए भने प्रमुख अतिथि वेदकोट नगरपालिका वडा नम्वर ९ का अध्यक्ष जनक सिंह विष्ट रहनु भएको थियो । कार्यक्रममा वोल्दै अध्यक्ष विष्टले भने “सबै सहकारीले कुनै न कुनै उद्देश्य वोकेर कार्य गर्नु पर्दछ अनि मात्र सहकारी अगाढी वढ्दछ , कुनैे बिउ सम्वन्धी कार्य गर ,कुनै मल सम्बन्धी, सबै सहकारी एउटा उद्देश्यबोकेर मात्र अगाडी वढ्नु पर्दछ ।”

कार्यक्रममा विशिष्ठ अतिथि वेदकोट नगरपालिका सहकारी साखा प्रमुख पदम सिंह ठकुराठीले भन्नु भयो “अहिले बेदकोट नगरपालिकामा ६१ सहकारी दर्ता भएता पनी जम्मा ३२ सहकारी संस्था मात्र सक्रीय रहेको र अव नियमन र अनुगमन गरेर दर्ता मात्र भएका कार्य नगरीरहेका सहकारीलाई दर्ता खारेजी गर्न नगरपालिका सहकारी साखा अगाडी वढ्ने छ ।”

उनले भने सवै सहकारीहरु ‘सहकारी व्यवस्थापन सुचना प्रणाली’ मा दर्ता हुनु पर्दछ र सबै सहकारीले आफ्नो तथ्याङ्क राख्नु पर्दछ । सहकारी साखाले अव केहीदिनमा नै सहकारी व्यवस्थापन सुचना प्रणालीमा कसरी तथ्याङ्क राख्ने भन्ने समेत तालिम आयोजना गरीने साखा प्रमुख ठकुराठीले जनाकारी गराउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्