काठामाडौँ – २६२२औँ महावीर जयन्ती अर्थात अहिंसा दिवस भव्यताका साथ मनाइने भएको छ । मंगलबार काठमाडौँको कमलपोखरीमा नेपाल जैन परिषद्को आयोजनामा ‘अर्चना सभा’ हुने परिषद्ले आइतबार आयोजना गरेको पत्रककार सम्मेलनमा जानकारी दिएको छ ।
मंगलबार विहान ६ः४५ बजे प्रभातफेरी कार्यक्रमको आयोजना गरी नगर परिक्रमा गर्ने र ९ः३० बजे देखि भगवान महावीर जैन निकेतन कमलपोखरीमा अर्चना सभा गरिने जानकारी दिएको छ ।