नवनिर्वाचित उपराष्ट्रपति यादवले आज शपथ लिंदै

काठमाडाै‌ – नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण लिने भएका छन् । उनलाई सोमबार बिहान १० बजे राष्ट्रपतिकाे कार्यालय शितल निवासमा एक समाराेहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी गरिएको छ ।  यही चैत ३ गते सम्पन्न भएकाे उपराष्ट्रपति पदकाे निर्वाचनबाट यादव उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

आइतबार पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी र सांसद पदबाट समेत उनले राजीनामा दिए । उपराष्ट्रपति यादव सोमबार नै उपराष्ट्रपति कार्यालयकाे भवनमा सर्ने पनि जनाइएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्