डोटी – डोटीमा गएराति परेको असिना पानीले ठूलो मात्रामा गहुँ लगायतका बालीमा क्षति पुर्याएको छ । ठूलो असिना पर्दा गहुँ, जौँ, मुसुरो, तोरी तथा तरकारी खेतीका साथै फलफूल खेतीमा क्षति भएको हो । बाली पाकेर भित्र्याउने समय हुनै लाग्दा परेको असिनाले बालीमा क्षति पुर्याउँदा किसान चिन्तित भएका छन् । असिना पानीबाट जिल्लाका नौवटै पालिकामा क्षेती गरेको भए पनि सबै भन्दा धेरै क्षति बोगटान फुड्सिल गाउँपालिकामा भएको छ ।
यसैगरी सुन्तलाका पात समेत झार्ने गरी असिना परेकाले किसानहरुलाई ठूलो नोक्सानी पुर्याएको छ । जिल्लामा असिना पानीले पुर्याएको क्षतिको विवरण आइ नसकेकाले लगत संकलन कार्य भइरहेको जिल्ला कृषि ज्ञानकेन्द्र सिलगढीले जनाएको छ ।