आसिफ शेखले पपुवा न्यूनिनीविरुद्ध शतक पुरा गरे

काठमाडौं – आसिफ शेखले पपुवा न्यूनिनीविरुद्ध शतक पुरा गरेका छन् । नेपालकातर्फबाट ओपनर शेखले आजको खेलमा शतक पुरा गरेका हुन ।  त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि शेख र कुशल भुर्तेलले ओपनिङ गरेका थिए ।

पहिलो विकेटका लागि ११० रनको साझदोरी गरेका कुशल भुर्तेल व्यक्तिगत ४५ रनमा आउट भए । क्रिजमा टिकिरहेका आसिफले भने शतक पुर गरेका छन् । उनले १०१ बलमा १० चौका र २ छक्काको मदतमा १०० रन पुरा गरेका हुन् । यसैगरी शेख एक सय १० रनमा आउट भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्