काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आवश्यकता अनुसार संविधान फेरिने र फ्याकिने बताएका छन् । उनले संविधान गीता, बाइबल, कुरान जस्तो अपरिवर्तनीय नभएको र संविधान आवश्यकता अुनसार फेरिने र च्यातिने बताएका हुन् । ‘संविधान गीता, बाईबल, कुरान जस्तो अपरिवर्तनीय हुंदैन आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन्छ पनि,’ उनले भनेका छन्,‘दलहरूले संविधानको रक्षा भन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्नेहो तर उल्टो भईरहेको छ ।’