सन्दीप लामिछानेको निवेदनमाथि सुनुवाइ इजलासमा, तारिखमा छाड्ने आदेश गरेमा विदेश जान समेत फुकुवा हुने

काठमाडौं – बलात्कार आरोप लागेका पूर्व क्रिकेट कप्तान सन्दीप लामिछानेको मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ । यो इजलासमा सन्दीपलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नेबारे सुवाइ हुँदैछ । सर्वोच्च अदालतको एकल इजलासले त्यो निवेदनसहित लामिछानेले विदेश जान अनुमती माग गरेको निवेदनलाई एक साथ पेश गर्न आदेश दिएको थियो । आइतबार यी दुवै निवेदनमाथि सुनुवाइ हुनेछ ।

सर्वोच्च अदालतले आदेश सदर गरेमा लामिछाने थुनामा बस्नुपर्नेछ भने उनलाई साधारण तारिखमा छाड्ने आदेश गरेमा उनले विदेश जान समेत फुकुवा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्