काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले परिवर्तित सन्दर्भमा छलफल गर्न कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार बिहान ८ बजेका लागि बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि नयाँ समीकरण बनेसँगै राप्रपा सरकारमा रहने या नरहने भन्नेबारे निर्णय लिइने बताइएको छ ।
शुक्रबार साँझ नै राष्ट्रपतिमा प्रस्तावक र समर्थक नबस्ने बताएको राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान गर्ने कि नगर्ने भन्नेबारे पनि शनिबार बस्ने बैठकले निर्णय गर्ने बताइएको छ ।