माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु, राष्ट्रपति निर्वाचनका विषयमा छलफल हुने

काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल हुनेछ। २५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ । माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राख्दै आएको छ ।

नेपाली कांग्रेसका कतिपय नेताहरुले राष्ट्रपतिमा आफ्ना उम्मेदवार निर्वाचित हुने बताउँदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्