काठमाडौं – मैत्रीपूर्ण खेल खेल्ने भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीलाई बिदाइ गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फाका उपाध्यक्ष वीर बहादुर खड्का, महासचिव किरण राई लगायतले नेपाली टोलीलाई बिदाइ गरे ।
नेपाली महिला टोली सोमबार भारत प्रस्थान गर्ने छ । नेपाली टोलीले भारतसँग चेन्नईमा फागुन ३ र ६ गते मैत्रीपूर्ण खेल खेल्नेछ ।