नेकपा बहुमत शुक्लाफाँटा कञ्चनपुर इन्चार्जकाे जिम्मेवारी बहादुर महरालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (बहुमत) शुक्लाफाँटा नगरपालिकाको इन्चार्जको जिम्मेवारी बहादुर सिँह महरालाई दिईएको छ ।

शुनपा-८ का वडाध्यक्ष समेत रहेका महरालाई बिहिवार उक्त जिम्मेवारी दिईएको हो ।  गत पौष २२ गते नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा (बहुमत) मा समाहित भएका महरा भ्रष्टाचार अनियमितताका बिरुद्धमा शशक्त रुपमा अगाडि बढ्दै आउनुभएको छ । नगर इन्चार्ज तोकिएसंगै महराले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा सधै अग्रसर भएर लाग्ने बताउनु भएको छ । उहाँले जनताको दैनिक जीवनसंग जोडिएका सवालहरु र समाजमा हुने अन्याय, अत्याचार, दमन, शोषण, जातीय विभेद, छुवाछूत, भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती लगायतका समाज विरोधि गतिविधिमा शशक्त रुपमा अगाडि बढ्ने समेत बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्