सरुवा, बढुवा तथा नियुक्तिको बाटो खुल्यो, आजदेखि आचारसंहिता हट्यो

काठमाडौ – निर्वाचन आयोगले असोज १२ गतेदेखि लागू गरेको निर्वाच्न आचारसंहिता आजदेखि हटेको छ ।

प्रदेश सभा तथा प्रतिनिधि सभा चुनावका लागि गएको आचारसंहिता आजदेखि हटेको निर्वाचन आयोगले जनाएको हो । आचारसंहिता हटेसँगै सरकारलाई अब सरुवा, बढुवा तथा नियुक्ति लगायतको काम गर्न बाटो खुलेको छ ।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले यो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्