काठमाडौँ – नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा नवलपुर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार डा. शशांक कोइराला चुनाव प्रचारप्रसारका क्रममा अस्वस्थ भएका छन् ।
नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा बेहोस भएपछि कोइरालालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको उनका स्वकीय सचिव भरत तिवारीले बताए । अहिले कोइरालाको अवस्था सामान्य रहेको र होस पनि फर्किसकेको तिवारीले बताए ।