दार्चुलाबाट काँग्रेस नेता बडूले गराए उम्मेदवारी दर्ता, प्रदेशमा विक्रम र मानबहादुर

काठमाडौँ – नेपाली काँग्रेसका नेता एवं उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगा, दार्चुला पुगेर बडूले उम्मेदवारी दर्ता गराएका हुन् । दार्चुलाबाट यसअघि बडूले २ पटक जित हासिल गरेका छन् भने ३ पटक पराजित भएका छन् । बडू गठबन्धनका साझा उम्मेदवार हुन् ।

यस्तै गठबन्धनका तर्फबाट प्रदेशसभा‘क’ का लागि नेपाली काँग्रेसका विक्रम धामीले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभा‘ख’ का लागि नेकपा माओवादी केन्द्र बाट मानबहादुर धामी ‘सन्तोष’ले उम्मेदवारी दर्ता गराएका छन् । मानबहादुर सुदूरपश्चि प्रदेश सरकारका मन्त्री समेत हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्