काठमाडौंको कपनमा आगलागी हुँदा दुई जनाको मृत्यु

सांकेतिक तस्विर

काठमाडौँ – काठमाडौंको कपनमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ।

बुधबार बेलुकी पौने ७ बजे कपनको एक घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। घरमा रहेको ग्यास सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक दुई जनाको पहिचान खुलेको छैन। त्यस्तै केही घाइते पनि भएका छन् जसलाई टिचिङ अस्पताल महाराजगन्जमा उपचारका लागि लगिएको छ। कति व्यक्ति घाइते भएका छन् भन्ने यकिन नभइसकेको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग भइरहेको प्रहरीले बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्