काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा टिकट व्यवस्थापन गर्न गाह्रो भइरहेको बताएका छन् ।
उठेर दुई कदम पनि हिँडन नसक्नेहरुले पनि टिकट दाबी गरिरहेको उनले बताए । बुधबार पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘सबैलाई टिकट चाहिएको छ । उठेर दुई कदम हिँड्न सक्दैन, बुढो भइसक्यो । तैपनि मर्ने बेलामा एकचोटी त पाऊँ भन्छन् ।’
को काबिल छन्, को काबिल छैन भन्ने छुट्टयाउने आधार पनि बनाउन नसकिएको उनले बताए ।