एमालेले कसैसँग गठबन्धन गर्दैन- अध्यक्ष ओली

File Photo

धनुषा – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कसैसँग गठबन्धन नगरी एक्लै चुनावमा जाने बताएका छन्।

नेकपा (एमाले) धनुषाले सोमबार आयोजना गरेको बृहत जनसभामा उनले आफ्नै एजेन्डा र उद्देश्यका साथ एमाले एक्लै चुनावमा जाने र कसैसँग गठबन्धन नगर्ने स्पष्ट पारे। आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले एमालेलाई कुनै फरक नपार्ने जिकिर गर्दै अध्यक्ष ओलीले एमालेप्रति बढ्दै गएको आकर्षणका कारण आफ्नो दलले निर्वाचनमा बहुमत ल्याउने बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, ‘एमाले कसैसँग गठबन्धन गर्दैन। एमाले श्रमिक, सुकुम्बासी, भूमिहीन, मधेसी, पहाडीया र हिमालीलगायत आम नेपालीको पार्टी हो।’

आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीमा जुट्न उनले निर्देशन पनि दिए। उनले अबको निर्वाचन सामान्य नभई मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने भएको उल्लेख गरे। आगामी निर्वाचनबाट एमालेको सरकार नबने मुलुक संकटमा फस्ने दाबीसमेत उनले गरे।

एमाले नेतृत्वको सरकारले मात्र समृद्धिको लक्ष्य पूरा गर्नसक्ने बताउँदै उनले भने, ‘गठबन्धनले देशलाई पछाडि धकेल्ने काम गरेको छ। नेपालीले देखेको समृद्ध नेपाल र सुखी नेपालीको सपना केबल एमालेले मात्र पूरा गर्न सक्छ।’ रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्