नेकपा एमाले लेकम गाउँ कमिटी अध्यक्ष केशब विष्टको पार्टीप्रति असन्तुष्टि

दार्चुला – नेकपा एमाले लेकम गाउँपालिका गाउँ कमिटी अध्यक्ष केशब विष्टले दार्चुला जिल्ला नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उहाँले आफुलाई थाहै नदिई पार्टी नेतृत्वले आफुलाई पदमुक्त गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । २०७८ साल कार्तिक १८ गते नेकपा एमाले लेकम गाउँपालिकाको अधिवेशनले अध्यक्षको जिम्मेवारी दिएपछि आफु पार्टीको काममा निरन्तर खटिरहेको समेत जानकारी गराउनुभएको छ । उहाँले स्थानीय तह निर्वाचन २०७९ मा पनि पार्टीका उम्मेदवारहरुलाई जिताउन हरदम प्रयास गरेको र प्रचारप्रसारमा खटिएर लागिरहेको समेत अवगत गराउनु भएको छ ।

स्वास्थ्य अवस्थामा कमजोरी आएको र आफु विरामी भएका कारण हिडडुल गर्न सकिने अवस्था नभएपछि फोनमार्फत समेत भोट अपिल गरेका र नजिकका आफन्तहरुलाई भेटेर भएपनि भोटका लागि अनुरोध गरेको समेत स्मरण गर्नुभएको छ । निर्वाचन सम्पन्न गरि भोलिपल्ट आफु उपचारको लागि हिडेको र उपचार गरि फर्कदा अधिवेशनबाट प्राप्त पदबाट च्यूत गरिएका भनि दुःख व्यक्त गर्नुभएको छ । विरामी भएको बेला राहत दिने ठाउँमा उल्टै पदमुक्त गराउने नेतृत्वलाई उहाँले न्यायमूर्तिको संज्ञा समेत दिनुभएको छ । जिल्ला कमिटीका मतियारहरु भनि उहाँले फेसबुकमा पोष्ट गर्नुभएको छ ।

विष्ट लामो समय शिक्षण पेशामा आवद्ध हुनुहुन्थ्यो । विद्यालय प्रधानाध्यापक समेत रहनुभएका विष्ट हाल अवकास प्राप्त गरि राजनीतिमा सक्रिय हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्