दार्चुलामा एमालेबाट गणेशसिंह ठगुन्ना सर्वसम्मत उम्मेदवार सिफारिस

दार्चुला – दार्चुलाबाट प्रतिनिधिसभाको निर्वाचनका लागि एमालेले पार्टी केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नाकोे नाम सिफारिस गरेको छ ।

एमाले जिल्ला कमिटिले ठगुन्नाको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो । ठगुन्ना २०७४ को निर्वाचनमा पनि दार्चुलाबाट निर्वाचित भएका थिए । गठुन्नाले संविधान सभाको पहिलो निर्वाचनमा हार व्यहोर्नुपरेको थियो । भने संविधान सभाको दोस्रो निर्वाचनमा जीत हासिल गरेको थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि ठगुन्ना मन्त्रीमा नियुक्त भएका थिए । ठगुन्ना संघीय मामिला तथा स्थानीय विकास मन्त्री भएका थिए । दार्चुलामा संघीय निर्वाचनका लागि एक निर्वाचन क्षेत्र मात्र हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्