चौतर्फी विरोधपछि सुदूरपश्चिम सरकारले दियो गौरा पर्वको बिदा

कैलाली – सुदूरपश्चिम सरकारले चौतर्फी विरोधपछि गौरा पर्वको बिदा दिएको छ। प्रदेश सरकारको मन्त्रीपरिषद्को आज बसेको बैठकले १७ गते बिदा दिने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै बिदा दिएको जनाएको छ।

सरकारले भदौ १७ गते गौराका लागि दिएको सार्वजनिक बिदा कटौती गरेपछि त्यसको विरोध भएको थियो। प्रदेशभर बिदा नदिइएको भन्दै मुख्यमन्त्री त्रिलोचन भट्ट र सुदूरपश्चिम सरकारको चर्को आलोचना भएको थियो।

भदौ १७ गतेको बिदा कटौती गरेको सूचना प्रकाशन भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रदेश सरकारमाथि खनिएका थिए । बिदा कटौती गर्नु संस्कृतिमाथिको प्रहार भएको उनीहरुले बताएका थिए। चौतर्फी आलोचना भएपछि गौरामा बिदा दिने निर्णय भएको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्