२४ घण्टाभित्र राजस्व तिर्न काठमाण्डाै फन पार्कलाई महानगरकाे ‘अल्टिमेटम’, नतिरे सिलबन्दी गर्ने चेतावनी

काठमाडौँ  – काठमाण्डाै महानगरपालिकाले प्रदर्शनीमार्गमा रहेको काठमाण्डाै फन पार्कलाई २४ घण्टाभित्र राजस्व तिर्न अल्टिमेटम जारी गरेको छ ।

महानगरपालिकाको राजस्व विभागले आज बुधवार विज्ञप्ति निकालेर २४ घण्टाभित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर तिर्ने समय दिएको हो । यदि २४ घण्टाभित्रमा महानगरलाई बुझाउनुपर्ने राजस्व नबुझाएमा फनपार्क सिलबन्दी गर्ने चेतावनी महानगरले दिएको छ । फन पार्कले सात वर्षदेखि कर नतिरेका कारण भोलि बिहीवार बेलुकासम्म बक्यौता कर नतिरे बन्द गर्ने चेतावनी दिएको महानगरको राजस्व विभागले जनाएको छ ।

समाज कल्याण परिषद्को स्वमित्वमा रहेको क्षेत्रमा काठमाण्डाै फन पार्क प्रालिले भाडामा भौतिक संरचनाहरू निर्माण गरेर खेल गतिविधि सञ्चालन गर्दै आएको छ । सामाज कल्याण परिषद्को भृकुटीमण्डपमा रहेकाे फनपार्कले ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि १४ जनाविरुद्ध मुद्दासमेत दायर गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्